चट्याङ लागेर २० बर्षीया कार्कीको मृत्यु

काठमाडौ । ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिकामा चट्याङले लागेर एक किशोरीको मृत्यु  भएको छ भने एक किशोरी गम्भिर घाइते भएकी छन्।

चम्पादेवी गाउँपालिका वडा नं ६ घोराखोरी भदौरीकी ललित कार्की तथा तारा कार्कीकी छोरी २० बर्षीया शर्मीला कार्की ( तामाङ) को चट्याङ लागेर मृत्यु भएको हो ।

शुक्रबार दिउँसो साँढे ४ बजेतिर पानीसँगै परेको चट्याङले उनको मृत्यु भएको हो । सोही चट्याङले शंकर कार्की तथा अप्सरा कार्कीकी १६ बर्षीया छोरी अरुणा कार्की भने गम्भिर घाइते भएकी छन् । चट्याङ लागेर घाइते भएका दुवैलाई तत्काल उपचारको लागि प्राथमिक उपचार केन्द्र (पिएचसी) रानीवन पुर्याइएको थियो ।

अस्पताल पुर्याइएको भएपनि शर्मीलाको बाटैमा मृ’ त्यु भएको पिएचसी रानीवनका एचए मदन कार्कीले जानकारी दिए । अरुणाको भने उपचार भैरहेको चम्पादेवी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष गणेश केसीले जानकारी दिए ।घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल तर्फ गएको छ।

 

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading