रामेछापको लिखु तामाकोसी गाउँपालिकाका ४१६ जना विद्यार्थी सहित जिल्लामा ३ हजार २ सय ३१ जना विद्याथीले एसइईको परीक्षा दिँदै

रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकाका १२ वटा विद्यालयका ४१६ जना विद्यार्थी सहित रामेछाप जिल्लामा चैत्र १७ गते शुक्रबार देखि  सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईको सम्पूर्ण तयारी पुरा भएको छ ।

जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानीय तहमा ९६ वटा माध्यमिक विद्यालय रहेका छन । ति विद्यालयका ३ हजार २३१ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुन लागेका शिक्षा विकाश तथा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईले बताउनुभयो ।

भट्टराईको अनुसार  यो वर्ष जिल्लाभर रहेका ९६ वटा माध्यमिक विद्यालयमा अध्ययनरत ३ हजार २३१ जना विद्यार्थी एसइई परिक्षा दिन जिल्लाका विभिन्न विद्यालयको केन्द्रमा शुक्रबार सहभागी हुँदैछन ।

कुन स्थानिय तहबाट कति विद्यार्थीले दिँदैछन एसइइ परिक्षा ?

रामेछाप नगरपालिकाबाट -१३ वटा माविका ४८८जना

मन्थली नगरपालिकाबाट – २२ वटा माविका ८०६ जना

लिखु तामाकोसी गाउँपालिकाबाट – १२ वटा माविका ४१६ जना

गोकुलगंगा गाउँपालिकाबाट – ७ वटा माविका ४०८ जना

उमाकुण्ड गाउँपालिकाबाट-७ वटा माविका २७० जना

दोरम्बा सैलुङ गाउँपालिकाबाट – ९ वटा माविका २९९ जना

खाँडादेवी गाउँपालिकाबाट – १३ वटा माविका ३५३ जना

सुनापति गाउँपालिकाबाट – १२ वटा माविका २७० जना

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading