अतुल कुमार गुप्ताको नेतृत्वमा हिन्दू परिषद नेपाल, बाँकेको कार्यसमिति गठन ,महासचिवमा पाठक

बाँके । हिन्दू परिषद नेपालको बाँके जिल्ला कार्यसमिति गठन गरिएको छ । बाँकेको नेपालगञ्जमा आयोजित परिषदको एक समारोह बीच हिन्दू परिषद नेपाल, बाँके गठन गरिएको हो ।

अतुल कुमार गुप्ताको नेतृत्वमा हिन्दू परिषद नेपाल, बाँकेको ११ सदस्य कार्यसमिति गठन गरिएको हो । शनिवार परिषदको केन्द्रिय सदस्य जि. वि. घिमिरेको सभापतित्वमा बसेको बैठकले बाँके जिल्लामा नेतृत्व विस्तार गर्दै आगामी दिनका केही कार्यक्रम समेत तय गरेको छ ।

हिन्दू परिषद नेपाल, बाँकेको उपाध्यक्षमा रामदिन मोदी, कोषाध्यक्षमा प्रिन्स गुप्ता, महासचिव अजय पाठक, सचिवमा संन्ध्या शर्मा (संगीता पाठक), सहसचिवमा अमन गुप्ता रह्नुभएको छ । यस्तै, सदस्यमा करन वर्मा, सुरज साहु, सुभाष वर्मा, रवि जयसवाल, उपकार लखेर रह्नुभएका महासचिव पाठकले जानकारी दिए ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!