सिन्धुपाल्चोकको २३ किलोमा स्काभेटर पल्टिदा सडक अवरुद्ध, सवारी साधन र यात्रु बीचबाटोमै अलपत्र

काठमाडौ । लामोसाँघु जिरी सडक अन्तर्गत सिन्धुपाल्चोकको २३ किलोमा बीच सडकमै स्काभेटर पल्टिएपछि सडक अवरुद्ध भएको छ ।सिन्धुपाल्चोकको मुडे भन्दा केही तल २३ किलो सडकखण्डमा बिहीबार राति करिब ८ बजे स्काभेटर बीचबाटोमै पल्टिएको हो ।

सडक अवरुद्ध भएपछि रामेछाप दोलखा सदरमुकाम चरिकोट हुँदै काठमाडौं जाने र जिल्ला आउने सवारीका साधन र यात्रुड तथा मालवाहक सवारी साधन बीचबाटोमै अलपत्र परेका थिय । चालकको लापरवाहीका कारण बीच सडकमै स्काभेटर पल्टिएपछि दुईतर्फी सडक अवरुद्ध भएको थियो । बीच सडकमा स्काभेटर पल्टिँदा सडक किनारमा रोकिराखेको ना ५ त ७६३४ नम्बरको ट्याक्टर क्षतिग्रस्त भएको छ ।

जंगलको बीचमा सडक अवरुद्ध भएपछि यात्रुहरुले निकै सास्ती व्यहोरेको सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले बताउँनु भयो । उहाँको भनाइ अनुसार मुडे प्रहरी चौकीबाट घटनास्थलमा प्रहरी टोली पुगेपनि सडक सुचारु हुन सकेको छैन । सडक सुचारु गराउनका लागि ब्याक हो लोडर पठाइएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading