रामेछाप । राष्ट्रिय युवा सङ्घ नेपाल रामेछाप जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्र कार्की चयन भएका छन् । मंगलबार सदरमुकाम मन्थलीमा सम्पन्न भएको युवा सङ्घको सातौँ अधिवेशनले कार्कीको नेतृत्वमा ४७ सदस्यीय नयाँ जिल्ला कमिटी बनाएको छ।
सोमबार राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्षर एवं एमाले केन्द्रीय सदस्य किरण पौडेलले राष्ट्रिय युवा सङ्घ नेपाल रामेछापको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको थियो । साथै युथ फोर्स प्रमुख, सचिव र साइवर सर्कल बिभाग प्रमुख पनि गठन भएको छ ।
अध्यक्ष – सुरेन्द्र कार्की
उपाध्यक्ष – मनिता सुनुवार
सचिव – शिवसागर मगर
सह-सचिव – रामहरी कार्की
सह-सचिव – वलराम थापा मगर
कोषाध्यक्ष – दिपक भण्डारी
युथ फोर्स प्रमुख – रोषन पाख्रिन
युथ फोर्स सचिव – पर्वत बिक
साइवर सर्कल प्रमुख – आकाश खड्का
Discussion about this post