रामेछाप । रामेछापको सदरमुकाम मन्थली बजारमा एक व्यापार व्यवसाय गर्दै आएकी महिलाले झुन्डिएर आत्महत्या गरेकी छन् ।
मन्थलीको कटहरको बोट स्थित खाद्यान्न किराना पसल गर्दै आएकी मन्थली नगरपालिका वडा नं ८ चिसापानी घर भएकी ३० वर्षीय अनु श्रेष्ठले झुन्डिएर आत्महत्या गरेकी हुन् ।
मंगलबार दिउँसो करिब १ बजे तिर झुन्डिएर मृत्यु भएको प्रत्यक्षदर्शी एवं सोही क्षेत्रका व्यवसायी जय मानन्धरले बताएका छन् । ‘आज बिहान बच्चाहरू स्कुलमा पुर्याएर भोलि बुधवार देखि बच्चाहरूको वार्षिक परीक्षा रहेको र त्यही सन्दर्भमा स्कुलमा पैसा बुझाए फर्किएर आएपछि उनी घरमा झुन्डिएको खुलेको छ ।
झुन्डिएको अवस्थामा भेटिएकी अनुको शवलाई प्रहरी र श्रीमान् सहितको रोहबरमा पोस्ट मार्टमको लागि मन्थली अस्पताल लगिएको छ । मृत्यु भएकी अनुको एक छोरा, एक छोरी र श्रीमान् छन् ।पोस्ट मार्टम रिपोर्ट आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिनु भयो ।
Discussion about this post