लिखुतामाकोशी गाउँपालिकाको संक्षिप्त परिचय

रामेछाप ।  लिखुतामाकोशी गाउँपालिकाको संक्षिप्त परिचय बागमती प्रदेश जनकपुर अञ्चल रामेछाप जिल्लामा अवस्थित लिखुतामाकोशी गाउँपालिका जिल्लाको तत्कालिन छ वटा गाविसहरू समेटी २०७३ फागुन २७ गतेको नेपाल सरकार , मन्त्रीस्तरीय निर्णयबाट पारित भई स्थापना भएको हो ।

यस गाउँपालिकामा समेटिएका साविकका छ गाविसहरू क्रमशः दुरागाउँ , सैपु , बिजुलीकोट , नागदह , खिम्ती र तिल्पुङ हुन् । यस गाउँपालिकाको कुल क्षेत्रफल १२४.५१ वर्ग किमि रहेको छ भने कुल जनसंख्या २ ९ , ९ ५ ९ रहेको छ । रामेछाप जिल्लाका ८ स्थानीय तहमध्ये हाल ७ वटा वडामा विभाजित यो गाउँपालिका जनसङ्ख्या ( २ ९ , ९ ५ ९ ) का आधारमा २ नगरपालिका : मन्थली र रामेछाप तथा १ खाँडादेवी गाउँपालिका पछि चौथो ठूलो गाउँपालिका हो भने क्षेत्रफलको आधारमा सातौँ ठूलो गाउँपालिका हो ।

यस लिखुतामाकोशी गाउँपालिकाको पूर्वमा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका र खिजिदेम्बा गाउँपालिका , पश्चिममा यसै जिल्लाको मन्थली नगरपालिका र दोलखा जिल्लाको तामाकोशी गाउँपालिका , उत्तरमा यसै जिल्लाको गोकुलगङ्गा गाउँपालिका र उमाकुण्ड गाउँपालिका तथा दक्षिणमा मन्थली नगरपालिका र रामेछाप नगरपालिका यति चारकिल्ला सीमानाभित्र अवस्थित यो गाउँपालिका वनपैदावर , वन्यजडिबुटी , गिटी , ढुङ्गा , रोडा , बालुवा , स्लेट लगायतको प्राकृतिक स्रोत साधनले सम्पन्न रहेको छ भने कृषि क्षेत्रमा आलु , मकै , कोदो , धान , गहुँ , फापर , टिमुर , कागती , ओखर , कफी , सुन्तला , जुनार , तोरी लगायतका अन्नबाली तथा नगदेबालीको पकेट क्षेत्रका रूपमा विकास र विस्तार गर्न सकिने अत्यन्तै उर्वर भूमि रहेको छ भने पशु पालनमा पनि उत्तिकै प्रचुर सम्भावना रहेको छ ।

उत्तर – पूर्व र दक्षिण तीनै दिशाबाट लिखु नदीले रामेछाप र ओखलढुङ्गाको सीमाना छुट्याएको अर्थात् लिखु नदीले तीनै तिरबाट फेरो हालेकोले यस स्थानीय तहको नाम लिखु मात्र सिफारिस गरिएको हुँदा २०७३ फागुन २७ गतेको नेपाल सरकार , मन्त्रीस्तरीय निर्णयबाट सुरुमा यस गाउँपालिकाको नाम लिखु मात्र रहेको थियो । नुवाकोट, ओखलढुङगा र सोलुखुम्बु जिल्लाका स्थानीय तहको नाम समेत सोही लिखु गाउँपालिका नामकरण गरिएकाले लिखु नदी आसपासका अन्य उक्त ३ जिल्लामा स्थानीय तहको एउटै नाम जुध्न गएको र यसै गाउँपालिकाको उत्तरमा तामाकोशी नदीको शीतल जलप्रवाहले सिंचित गरेको हुँदा २०७४ असार ३० को गाउँसभा बैठकबाट लिखुतामाकोशी नामकरण गर्ने र यस गाउँपालिकाको केन्द्र साविक बिजुलीकोटबाट धोवीबजार सार्ने निर्णय भए बमोजिम यस गाउँपालिकाको नाम लिखुतामाकोशी गाउँपालिका र हाल केन्द्र धोवीबजार रहन गई यस गाउँपालिकाको कार्यालय धोवीबजारमा अवस्थित छ ।

भौगोलिक अवस्थिति
अक्षांश : २७०२५२ ९ .४१ ” देखि २७० २७ १७.३६ ” ‘ देशान्तर : ८६० १३ ‘ ३५.५३ ” देखि ८६० १३′०.७७ ” समुद्र सतहदेखि उचाइ ( एलिभेसन ) : ५६५.००८ मि . देखि २७८० मि .

  1. जलवायु : मनसुनी हावापानी ( अर्ध उष्ण र उष्ण हावापी )
    तापक्रम : १० देखि ३० डिग्री सेन्टिग्रेड वर्षाः १२५ मिलिलिटरसम्म
    प्रदेश : बागमतीअञ्चल : जनकपुर
    जिल्ला : रामेछाप
    सीमाना : पूर्व : लिखु गाउँपालिका र खिजिदेम्बा गाउँपालिका ओखलढुङगा
    पश्चिमः मन्थली नगरपालिका , रामेछाप र तामाकोशी गाउँपालिका , दोलखा
    उत्तर : गोकुलगङ्गा र उमाकुण्ड गाउँपालिका , रामेछाप दक्षिण : मन्थली र रामेछाप नगरपालिका , रामेछाप
    क्षेत्रफल : १२४.५१ वर्ग कि.मि.
    केन्द्र : धोवीबजार
    वडा सङ्ख्या : ७ घरधुरी सङ्ख्या : ५,८५८
    जनसङ्ख्याः २ ९ , ९ ५ ९ ( महिला ४ ९ .३ ९ % , पुरुष ५०.६१ % )
    मुख्य पेशा : कृषि तथा पशुपालन विद्यालय सङ्ख्याः ४५ सामुदायिक विद्यालय र ३ संस्थागत विद्यालय कूल साक्षरता प्रतिशत : ७८.६४ %
    मुख्य धार्मिक सम्प्रदाय : हिन्दु , बौद्ध र क्रिश्चियन मुख्य भाषा : नेपाली , तामाङ , मगर , नेवारी , गुरुङ
    मुख्य समुदाय : ब्राह्मण , क्षेत्री , तामाङ , गुरुङ , नेवार प्रमुख खाद्यान्न बाली : मकै , धान , कोदो , गहुँ

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading