काठमाडौमा जाली नोटको कारोबार गर्ने रामेछापका एक सहित २ जना पक्राउ

रामेछाप अनलाइन रेडियो

काठमाण्डौं । जाली नोटको कारोवार गर्ने रामेछापका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका वडा नम्बर ८ घर भई काठमाडौंको माकलबारी बस्ने ३४ वर्षिय छिरिङ लामा रहेका छन् ।

उनीसँगै दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौंको सतुङगल बस्ने २४ वर्षिय सुरेन्द्र कार्की पनि पक्राउ परेका छन् । उनीहरुलाई काठमाण्डौंको कालोपुलबाट नक्कली जस्तो देखिने १ हजार दरको ६३६ थान नोट (छ लाख छत्तीस हजार) सहित पक्राउ गरिएको प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट नोटको साईजमा काटेको कागजको बण्डल ९ थान पनि बरामद भएको छ । उनीहरुमाथि मुलुकी अपराध संहिताको मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!