आमाछोरीले एकैपटक सरकारी जागिरमा नाम निकाले : आमा शिक्षक , छोरी असिस्टेन्ट सबइन्जिनियर

रामेछाप अनलाइन रेडियो

काठमाडौ । एकै परिवारका दिदी बहनी दाजुभाइले एकै पटक सरकारी जागिर खाएको सुनेको छौं । तर जाजरकोटको भेरी नगरपालिका -२ रिसाङका आमाछोरी एकै पटक सरकारी जागिरे भएका छन् ।

सरकारी जागिरे हुनेमा जाजरकोटको भेरी नगरपालिका -२ रिसाङका आमाछोरी क्रमश निर्मल खड़का ( कार्की ) र छोरी श्रष्टा कार्की रहेका छन् श्रष्टा आमाभन्दा २१ वर्ष कान्छी हुन ।

छोरीले लोक सेवा आयोग कर्णाली प्रदेशको चौथो तह असिस्टेन्ट सबइन्जिनियर पदमा गत पुस २० गते थायी नियुक्ति लिएर मुसीकोट नगरपालिका रुकुमपश्चिममा सेवा सुरु गरेकी छन् भने निर्मला शिक्षक सेवा आयोगको विज्ञापनमा सल्यानबाट प्राथमिक तह तृतीय श्रेणीमा हालै नाम निकालेकी छन् ।

छोरी श्रष्टाले भने पहिलो प्रयासमै लोक सेवा पास गरेकी हुन् । २०६२ सालमा गाउँकै त्रिभुवन निमाविमा अंग्रेजी विषयमा राहत दरबन्दीमा लामो समय काम गरेकी आमा निर्मलाको मेर हदको अन्तिम अवस्थामा सल्यान जिल्लाबाट स्थायी शिक्षकमा नाम निकालेकी हुन् ।

छोरी श्रष्टाले १ ९ वर्षको उमेरमै लोक सेवा पास गरेकी हुन् । उनले सदरमुकाम खलंगास्थित त्रिभुव माविबाट ०७५ सालमा एसईई गरेकी उनले शंखरापुर बहुप्राविधिक शिक्षालय शाँखु काठमाडौंबाट गत वर्ष डिप्लोमा इन सिभिल इन्जिनियर पास गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!