सिन्धुलीमा बस दुर्घटनामा परी मृत्यु भएका ६ जनाको सनाखत

काठमाडौ । सिन्धुलीमा बस दुर्घटनामा परी मृत्यु भएका ६ जनाको सनाखत भएको छ । दुर्घटनामा परी बसका सहचालक ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ६ का २४ वर्षिय देव बहादुर सार्कि, सिद्धिचरण नगरपालिका वडा नम्बर ३ का ३० वर्षिय पेशल भुजेल र उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ की ३५ वर्षिया कुमारी क्याप्छाकी मगरको मृत्यु भएको हो ।

यस्तै ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर ५ की ३२ वर्षिया जोशना राई, चिसंखुगढी गाउँपालिका वडा नम्बर ४ की २६ वर्षिया संन्जित राई र सिद्धिचरण नगरपालिका वडा नम्बर ५ की ४० वर्षिया राधा भुजेलको मत्यु भएको ।

ओखलढुंगाको रुम्जाटारबाट काठमाडौँ जाँदै गरेको बा २ ख ६५९६ को बस आज सिन्धुलीको फिकल गाउँपालिका वडा ४ कुईभीर भन्ने स्थानमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी ३० जना घाईते भएका छन् । त्यसमध्ये तीन जनाको अवस्था गम्भिर छ । गम्भिर घाईते तीन सहित ८ जनालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

अन्य घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जिवी दहालले जानकारी दिनुभयो । बसमा ३६ जना सवार थिए । बस तिव्र गतिका कारण आफैं अनियन्त्रित भएर सडकका भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!