नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ भोलि दिउँसो १ बजे हुने

काठमाडौ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शपथ लिने भएका छन् । राष्ट्रपतिको कार्यालयले शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह आयोजना गर्ने भएको छ ।

प्रधानन्यायाधीशबाट राष्ट्रपतिले शपथ लिने व्यवस्था छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ खुवाउनेछन् । पौडेल फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका थिए ।

राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ । उनी निजी निवास बूढानिलकण्ठ सर्ने तयारीमा छिन् ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading