ओखलढुंगाको रुम्जाटारबाट काठमाण्डौका लागि छुटेको बस सिन्धुलीमा दुर्घटना ७ जनाको मृत्यु

काठमाडौ । सिन्धुलीको कुहिभीरमा आइतबार यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् ।

मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपाालिका–४ को कुहिभीरमा ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तीन पुरुष र तीन महिला रहेका छन् ।

घटनामा २९ जना घाइते भएको प्रारम्भिक विवरण आएको र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिएका छन् । बसमा ३४ जना यात्रु रहेको जनाइएको छ ।

सडकको भित्तामा ठोक्किएर बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक आकलन छ । दुर्घटना भएको बस भित्तामा चेपिएर रहेकाले उद्धारमा कठिनाइ भइरहेको छ । मेसिन लगाएर दुर्घटना भएको बसलाई उठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!