काठमाडौ । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा खुकुरी प्रहारको प्रयास भएको छ।
शनिबार दिउँसो क्याम्पसमा एक जना विद्यार्थीले खुकुरी प्रहार गर्न खोज्दा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।
क्याम्पस हाताभित्र नेकपा एसका एक कार्यकर्ता नाङ्गो खुकुरी देखाएर एमाले निकट अनेरास्ववियुका कार्यकर्ताहरूलाई धम्की दिँदै गरेको भिडिओ सार्वजनिक भएको छ । खुकुरीसहित पक्राउ पर्ने मनोज चन्द भन्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
उनलाई स्ववियु सभापति तपेन्द्रजंग शाहीसहितका अखिलका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । प्रहरी स्रोतका अनुसार उनी नेकपा एसका एक नेतासँग त्यहाँ पुगेका थिए । उनी विद्यार्थी होइनन् ।
Post Views: 96
Discussion about this post