मन्थली क्याम्पस स्ववियु निर्वाचन : अनेरास्ववियुबाट अध्यक्षको उम्मेदवार भट्टराई , सचिवमा थापा

रामेछाप अनलाइन रेडियो

रामेछाप । मन्थली शहीद स्मृति बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले उम्मेदवारी दर्ता गराएको छ ।

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि अनेरास्ववियूले पुस्कर भट्टराईलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

भट्टराईको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराइएको मन्थली क्याम्पस कमिटीका अध्यक्ष सुशिल थापाले जानकारी दिए ।

उनका अनुसार अखिलका उम्मेदवारहरुमा अध्यक्षमा भट्टराईसहित सचिवमा सुशिल थापा र कोषाध्यक्षमा बिनिता श्रेष्ठ रहेका छन् । सदस्यहरुमा अनिल श्रेष्ठ, अनिषा घिमिरे, रविना श्रेष्ठ, सुदिप कार्की र शोमहरी घिमिरे रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!