रामेछापको लिखु तामाकोशी गाउँपालिकाले विभिन्न साँस्कृतिक कार्यक्रमसहित मनायो अन्तराष्ट्रिय नारी दिवस

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाले विभिन्न साँस्कृतिक कार्यक्रम गरी अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । पालिका केन्द्र धोवी बजारमा पालिकाभित्रका महिलाहरुविच लोक गायन तथा नृत्य प्रतियोगिता सहितको आयोजना गरी ११३ औँ अन्तराष्ट्रिय नारी दिवस मनाएको हो ।

पालिका उपाध्यक्ष दिपा पाख्रिनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य डम्बरकुमारी विकको प्रमुख आतिथ्यता रहेको थियो । पालिका भित्रका विभिन्न १० वटा महिला समुहहरु विच भएको प्रतिस्पर्धात्मक प्रतियोगितामा रेखा दाहाल नेत्रित्वको आमा समुह सञ्जाल सैपुले प्रथम स्थान हासिल गर्दै नगद रु. १० हजार हात पार्न सफल भएका छन् ।

त्यसैगरी द्धितिय र तृतिय क्रमशः उषा कार्की नेत्रित्वको त्रिदेवी स्वास्थ्य आमा समुह तिल्पुङले नगद रु. ७ हजार र चण्डीका पौडेल नेत्रित्वको प्रगतिशिल आमा समुह सैपुले नगद रु.५ हजार आफ्नो पक्षमा पार्न सफल भएका छन् । कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष प्रदिपकुमार तामाङ, वडा नं. ३ का वडाध्यक्ष गोपालराज तामाङ, वडा नं. ५ का वडाध्यक्ष रोमबहादुर तामाङ लगाएतले दिवसको अबसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!