रामेछापमा वडाअध्यक्षले बाटो बन्द गराएर छोरीको बिहे गरेपछि सर्वसाधारण लाई सास्ती….

रामेछाप । रामेछापको मन्थली नगरपालिकामा एक वडाअध्यक्षले बाटो नै बन्द गराएर छोरीको बिहे गरेका छ्न । जिल्लाको मन्थली नगरपालिका वडा नं ३ का वडाअध्यक्ष कृष्ण गोपाल थापाले बुधबार(आज) बाटो नै बन्द गराएर छोरीको बिहे गरेका हुन ।

मन्थली बजार स्थित बिनिता चोक नजिकै वडाअध्यक्ष थापाको घर छ । घरको आँगन नै नभएपछि ´सडक बन्द छ` भन्ने ब्यानर राखेर छोरीको बिहे गर्नुपरेको वडाअध्यक्ष थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो,´हामिले सवारी साधन आवत जावतको बैकल्पिक बाटो भएकै कारण बाटो बन्द छ । अर्को बाटो जानुहोला भन्ने ब्यानर राखेका हौँ ।´ यसले कसैलाई असर परेको छैन ।

यदि कोहिलाइ असर परेको भए हामी क्षमा चाहन्छौँ वडाअध्यक्ष थापाले भन्नुभयो । वडाअध्यक्ष थापाकी छोरीको बिहे नसकुन्जेल बिनिता चोकको उकालो हुँदै जाने सवारी साधन कर कार्यालय अघिको सडक हुँदै आ-आफ्नो गन्तव्यमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!