राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको हो ।

निर्वाचन आयोगका अनुसार बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदानको कार्यक्रम राखिएको छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता छन् ।

मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ । निर्वाचनलाई व्यवस्थित गर्न मतदाता र मिडियाकर्मीका लागि विश्राम गर्ने बेग्लाबेग्लै पालसहितको स्थानको व्यवस्था मिलाइएको छ ।

निर्वाचनमा सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading