दोलखामा बुलेरो दुर्घटना १६ जना घाइते, ७ जनाको अवस्था गम्भीर

रामेछाप । दोलखाको बैतेश्वर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । घाईतेमध्ये ७ जनाको अवस्था गम्भिर छ ।

दुर्घटनामा परी गम्भिर घाईते हुनेमा वैतेश्वर गाउँपालिका वडा नम्बर २ का सुनकुमार तमाङ, वडा नम्बर ३ का शम्भु दहाल, वडा नम्बर ६ का टुल्के नेपाली, सुनिता नेपाली, चित्र बहादुर नेपाली, लक्ष्मी नेपाली र कृष्ण मगर रहेका छन् ।

गम्भिर घाईते दुर्घटनामा परी घाईते भएका सवैलाई उपचारका लागि वैतेश्वर अस्पतालमा लगिएको वैतेश्वर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष अशोक तमाङले जानकारी दिनुभयो । दुर्घटनामा बोलेरो चालक बैतेश्वरका लीलाबहादुर दहाल पनि घाईते भएका छन् ।

नाम्दुबाट मैनापोखरी जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो वडा नम्बर ६ नाम्दु डाँडागाउँमा दुर्घटना भएको हो । बोलेरो विच सडकमै पल्टिएको छ ।

अहिले प्रहरी घटनास्थलमा खटिएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!