हायसको ठक्करबाट सिन्धुलीमा पैदल यात्रीको मृत्युु

रामेछाप अनलाइन रेडियो

काठमाडौ । सिन्धुलीमा हायस गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नम्बर ११ की ९ वर्षिया ममता तमाङको मृत्यु भएको हो ।

कमलामाई नगरपालिका वडा नम्बर ७ मा रहेको सुनिता पेट्रोल पम्प नजिकै विपि लोकमार्गमा बाटो क्रस गर्ने क्रममा हायससले ठक्कर दिँदा ति बालिका गम्भिर घाईते भएकी थिईन् ।

काठमाडौंबाट काकडभिट्टा तर्फ जाँदै गरेको बा ४ ख ६६७३ नम्बरको यात्रुबहाक गाडीले ठक्कर दिँदा गम्भिर घाईते भएकी ति बालिकालाई उपचारका लागि सिन्धुली अस्पतालमा लगिएको थियो ।

उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दहालले जानकारी दिनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!