शर्मिला वाइबाले विष पिएर आत्महत्या प्रयास , वीर अस्पतालमा उपचार हुँदै

काठमाडौं । पछिल्लो समय विवादमा रहेकी शर्मिला वाइबाले विष पिएर आत्महत्या प्रयास गरेकी छन् । उनले बुधबारी राति विष पिएको बताइएको छ ।

विष पिएको थाहा पाउनेबित्तिकै उनको उद्धार गरेर वीर अस्पतालमा उपचारका लागि लगिएको थियो । काठमाडौँको बानियाँटारमा बस्दै आएकी वाइबाले आफ्नै निवासमा विष पिएको र अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार वाइबाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र हाल आइसियूमा राखेर उपचार भइरहेको छ । यद्यपि उनले विष पिउनुको कारण खुल्न सकेको छैन । उनी आफू बोल्न सक्ने अवस्थामै रहे पनि यसबारे केही खुलाएकी छैनन् ।

अस्ति मात्रै वाइबा जेलमुक्त भएका अभिनेता पल शाहलाई फूल , माला र बुकी बोकेर एरपोर्ट पुगेकी थिइन् । घण्टौं एरपोर्टमा कुरेकी उनले पललाई भेट्न नपाएपछि आफ्नो माया र पल प्रतिको भावना नबुझेको भन्दै मिडियामा रुदै आएकी थिइन् ।

साथै , उनी पत्रकार ऋषि धमलासँग आफ्नो सम्बन्ध रहेको भन्दै दिएको सार्वजनिक अभिव्यक्ति कारण विवादित एंव चर्चामा आएकी थिइन् । उनी आफूलाई सामाजिक अभियन्ता बताउँछिन् ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!