रामेछाप । बैंकको किस्ता तिर्न नसकेपछि रामेछापको खाँडादेवी गाउँपालिकाका एक पुरुषले आत्माहत्या गरेका छन् ।
खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीका समाजसेवी एवम् व्यवसायी दीपक पौडेलले बैंकको ऋणको कारण आत्महत्या गरेका हुन् । उनले बैंकको किस्ता थेग्न नसकेर आत्महत्या गरेको आफन्तहरुले बताएका छन् ।
लामो समयदेखि परिवारसहित काठमाडौँमा बस्दै आएका व्यवसायी पौडेलले आज दिउँसो आफ्नै घरको भर्याङ्मा झुन्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिनुभयो । उनले आर्थिक भार थेग्न नसकेर ज्यान गुमाएको बताइएको छ ।
पौडेल अन्दाजी ५०/५१ वर्षका मात्रै थिएका थिए । उनको निधन आत्मदाह गरेका प्रेम आर्चायको घटना जस्तै भएको आफन्तजनले बताएका छन् । मृतक पौडेलको पोस्ट मार्टम पछि आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
Post Views: 255
Discussion about this post