नक्कली सवारी चालक अनुमति पत्र बनाउने रामेछापका एक पुरुष प्रहरी नियन्त्रणमा

रामेछाप अनलाइन रेडियो

काठमाडौ । नक्कली सवारी चालक अनुमति पत्र बनाउने रामेछापका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नक्कली सवारी चालक अनुमति पत्र बनाएको आरोपमा रामेछापको सुनापति गाउँपालिका ५ घर भइ हाल भक्तपुरको ब्यासी बस्दै आएका २८ वर्षीय नविन मानन्धरलाई पक्राउ गरेको हो ।

उनले ए बी वर्गको सवारी चालक अनुमति पत्रलाई ए बी एफ र जि वर्गको नक्कली सवारी चालक अनुमति पत्र बनाएको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौँका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो ।

पक्राउ परेका उनलाई लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कारवाहीका लागि ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!