काठमाडौ । आलु रोप्ने क्रममा करेन्ट लागेर सिन्धुपाल्चोकमा एक बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जुगल गाउँपालिका वडा नम्बर ३ की १४ वर्षिया नुर्जी वाङमु तमाङको आज बारीमा आलु रोप्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
आज दिउँसो आफ्नै बारीमा आलु रोप्ने क्रममा ११ हजार भोल्टेजको प्रशारण लाइनको तार छुँदा एक्कासि करेन्ट लागेर उनको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक रामकुमार यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार करेन्ट लागेर ति बालिकाको दाहिने घुँडाको पुरै भाग जलेको थियो । मृतक बालिकाको शव हाल घटनास्थलमै रहेको छ ।
Discussion about this post