रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका धोबी स्थिति नागिटोलमा सुन लुटेर भाग्दा भाग्दै गरेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लिखुतामाकोसी गाउँपालिका–३ का १९ बर्षिय लोक बहादुर महतरालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय धोबिले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय धोबिले दिएको जानकारी अनुसार सोही गाउँपालिका वडा नम्बर – ४ नागिटोलमा गोमा महतराको घरमा माघ २६ गते साँझ ६ बजे कोही नभएको समयमा घरको मुल ढोका फोडेर बाक्सामा रहेको नगदसहित सुनको गरगहनाहरु चोरी गरेर फरार भएका महतारालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय धोवी चौकीका इञ्चार्ज प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिनुभयो ।
उहाँको जानकारी अनुसार सुन चोरी भएको सूचना प्राप्त गर्नासाथ आफ्नो कमाण्डमा गएको टोलीले खोजतलासको क्रममा सुनको गरगहना सहित लोक बहादुर पक्राउ गर्न सफल भएको बताउनु भयो । सुन चोरी भएको सूचना प्राप्त गर्नासाथ प्रहरीले सीमा नाकामा चेकजाँच कडाई गरेको थियो ।
बरामद भएको सामान तथा स्थानहरुः-
जिल्ला रामेछाप लिखुतामाकोसी गा.पा.वडा नं. ३ बस्ने लोक बहादुर महतराको घरबाट नोकिया मोबाईल- १ थान, Memory र Card Reader १/१ थान
ऐ.ऐ.वडा नं.-५ आलडाँडा फोहोर फाल्ने ठाँउ नजिकबाट सुनको गरगहना र शंख १ थान
लिखुतामाकोसी गा.पा.-४ नागिटोल बाँझोबारीबाट पोतेहरु
बरामद भएको सुनको गरगहना र पोतेहरुः-
सुनको तिलहरी ठुलो सानो- ४ थान
सुनको सातगेडी सानो खाले- ७ थान
सुनको मंगलसुत्र सानो- १ थान
सुनको कानमा लगाउने ढुंग्री- २ थान
पोते काटिएको अवस्थामा- ६ थान (ठुलो लुङ् ४ थान सानो लुङ् २ थान)
पोते काट्न प्रयोग गरेको पिलास- १ थान
Discussion about this post