रामेछाप । रामेछापमा एक नाबालिकालाई जबरजस्तीकरणी गरेर फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनापति गाउँपालिका–२ दिमीपोखरीका चेत भन्ने २६ बर्षिय रविन थापामगरलाई प्रहरीले पक्राउ गरेको हो ।
मगरले सुनापति गाउँपालिका–२ दिमीपोखरीको फलाम पोखरी जंगलमा नाम परिवर्तन १४ बर्षिय सुनमायालाई घर नजिकै जंगलमा जबरजस्तीकरणी गरेर फरार भएका थिय । नाबालिकामाथि जबरजस्तीकरण भएपछि बालिकाले चित्याउदै परिवारको सदस्यलाई जानकारी गराएको थिइन । लगत्तै परिवारका सदस्यले प्रहरीलाई खबर गरेको थियो ।
जबरजस्तीकरणी गरेर फरार भएका मगरलाई २४ घण्टापछि प्रहरीले खैरेनीघाटबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले जानकारी दिनु भयो ।
डिएसपी पराजुलीले दिएको जानकारी अनुसार पीडित पक्षले प्रहरीलाई खबर गरेलगत्तै सबै नाकामा चेकजाँचलाई कडाई गरेकै कारण मगरलाई खाँडादेबी गाउँपालिकाको खैरेनीघाटको पुल क्रस गर्ने क्रममा प्रहरीले पक्राउ गरेको बताउनु भयो । पक्राउ परेका थापामगरमाथि थप अनुसन्धान सुरु गरिएको रामेछाप प्रहरीले जनाएको छ ।
Discussion about this post