दोलखामा एक पुरुष मृत अवस्थामा

रामेछाप अनलाइन रेडियो

रामेछाप । दोलखामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ स्थित पाटागाउँका (सुब्बा) भनिने लिला बहादुर सुनुवार मृत भेटिएको स्थानीयले जानकारी दिएका छन् ।

स्थानीयको जानकारी अनुसार सुनुवारको शव घर नजिकैको जंगलमा भेटिएको र उनको मृत्यु भिरबाट लडेर भएको हो वा अन्य कारणले भएको भन्ने बारे खुल्न नसकेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उनको शवको सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाई स्मृति अस्पतालमा पोष्टमार्टम हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!