रामेछापमा बिहे भोज खाएर फर्किने क्रममा भिरबाट लडेर कार्कीको मृत्यु

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप नगरपालिका–८ बाबियाखर्कका वर्ष २१ का सुवास कार्कीको भिरबाट लडेर मृत्यु भएको प्रहरी चौकी रामेछाप डाँडाले जानकारी दिएको छ।

प्रहरी चौकी रामेछाप डाँडाका दिनेश प्रसाद चौँलागाँइका अनुसार बुधबार गाउँमै बिहे भोज खाएर राति घर फर्कदै गरेका सुवास र उनका साथि सविन शाही गाउँ नजिकैको साँघुरेखोलाको भिरबाट लडेका थिए । मादक पदार्थ सेवन गरेका उनिहरु दुबै जना भिरबाट लडेपनि सविन रुखको बुट्टामा अड्किएर बचेको बताउनु भयो ।

उहाँको जानकारी अनुसार भिरबाट लगभग ७० मिटर तल खसेका सुवासको राति नै प्रहरी र स्थानियले उद्धार गरी जिल्ला अस्पताल ल्याएको भएपनि उनको उपचारको क्रममा मृत्यु भएको र सविन शाहीलाई प्रहरी चौकी रामेछाप डाँडाले नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!