ज्यान मुद्दाको आरोपमा पक्राउ परेका धोबिका तामाङ जेल चलान

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछाप लिखु तामाकोसी गाउँपालिकाका एक पुरुष जेल चलान भएका छन् । लिखु तामाकोसी गाउँपालिका–५ पैयाबोटका ४५ बर्षिय गणेश दमाईको मृत्यु प्रकरणमा पक्राउ परेका लिखु गाउँपालिकाका ५१ बर्षिय प्रदिप कुमार तामाङ पुर्पक्षको लागि जेल चलान भएका छन् ।

आज जिल्ला अदालत रामेछापले आरोपी तामाङलाई मुद्वा पुर्पक्षको लागि कारागार कार्यालय रामेछाप पठाउन आदेश दिएको हो ।मृतकका छोरा विषाल परियारले दिएको जाहेरीको आधारमा आरोपित तामाङलाई पक्राउ गरेको  थियो ।

प्रहरीले अनुसन्धान गरेर सरकारी वलिकको कार्यालय मार्फत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । गणेश दमाईको पुस २८ गते बिहान मृत्यु भएको थियो ।

मृत्यु भएपछि छोराले घटनामा प्रदिप तामाङ संलग्न रहेको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालयमा पुस २९ गते किटानी जाहेरी दर्ता गराएका थिए । अर्को फैसला नहुँदासम्म तामाङ जेलमै रहने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!