दोलखामा ट्याक्टर दुर्घटना एकको मृत्यु ३ जना घाइते

रामेछाप अनलाइन रेडियो

रामेछाप । दोलखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृृत्यु भएको छ । ना ५ प ८८७८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा विगु गाउँपालिका वडा नम्बर ४ लादुकका २४ वर्षिय किसान बिसुन्केको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी अनुसार विगु गाउँपालिका वडा नम्बर ४ लादुकको चित्रेमा निर्माणधिन प्रतिक्षालयको निर्माण सामाग्री ओसार पसारमा प्रयोग गरिएको टयाक्टर रमिते गोलाईमा ढुङ्गा लोड गर्ने क्रममा दुर्घटना भएको हो ।

दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेमा सोहि वडाका २५ वर्षिय जिवन नेपाली , २३ वर्षिय राम बहादुर नेपाली र १८ वर्षिय सुरज खत्री घाईते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो।

उहाँको जानकारी अनुसार गम्भिर घाईते भएका सार्किलाई सिंगटी स्थित प्राथमिक उपचार पछि थप उपचारका लागि काठमाण्डौं पठाउने क्रममा बाटोमै मृत्यु भएको बताउनु भयो ।

दुर्घटनामा परि घाइते भएका मध्ये २ जना जिवन नेपाली र राम बहादुर नेपालीको दोलखाको धुलिखेल अस्पताल र सुरज खत्रीको सिँगटीमा उपचार भइरहेको छ । टयाक्टर दुर्घटनाको बारेमा थप अनुसन्धान भैरहेको दोलखा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!