रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले आयोजना गरेको उमाकुण्ड गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ उमाकुण्ड गाउँपालिकाको प्रिती च्यादालुको खेल मैदानमा सुरु भएको छ ।
आइतबार आजदेखि माघ २४ गतेसम्म सचांलन हुने तेस्रो राष्ट्रपती रनिङ सिल प्रतियोगिताको बागमती प्रदेश सभा सदस्य माननिय तारानारायण श्रेष्ठले उदघाटन गर्नुभएको छ । कार्यक्रममालाई उदघाटन गर्दै माननिय श्रेष्ठले जिल्लाकै बिगट मानिने उमाकुण्ड गाउँपालिकाले यति ठुलो कार्यक्रम सञ्चालन गर्नु चुनौती रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै श्रेष्ठले खेल मैदान रामेछाप जिल्लाकै उत्कृष्ट बनेकोले थप ब्यबस्थापनमा प्रदेस सरकारबाट सक्दो सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै आफु भाषन भन्दानी यो ५ बर्ष बिकास गरेर देखाउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती रामेछापकी प्रमुख चिना खड्का (कार्की) ले बिकासमा अन्य गाउँपालिका भन्दा उमाकुण्ड गाउँपालिका भौगोलिक बिगटका कारण थप बजेट प्रदेश सरकारले ब्यबस्थापन गर्नुपर्ने बताउनुभयो ।
साथै उहाँले आफु समन्वय प्रमुख रहुँजेल समग्र जिल्लाको जनताकै काममा प्रतिबद्धता रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै उमाकुण्ड गाउँपालिका अध्यक्ष सेर बहादुर सुनुवारले भौगोलिक बिगटका बाबुजुत पनि उमाकुण्ड गाउँपालिकाको बिकास निर्माण तथा समाजिक सेवा प्रबाहमा कुनै कसुर नराखेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष सुनुवाले भर्खरै निर्माण भएको खेल मैदानलाई थप ब्यबस्थापन गर्न प्रदेश सरकार सँग माग गर्नुभयो । साथै उहाँले खेल क्षेत्रमा रनिङ सिल मात्र नभएर अन्य समयमा पनि यस्ता थुप्रै कार्यक्रम हुँदै आएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिलकृष्ण श्रेष्ठले समग्र गाउँपालिकामा भए गरेका खेलकुदका गतिविधिहरुलाई जानाकारी गराउँदै सहभागि सबै खेलाडीहरुलाई शुभकामना ब्यक्त गर्नुभएको थियो ।कार्यक्रममा रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी सोभाखर रेग्मीले शुभकामना शन्देस ब्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साबित्री सुनुवार , युवा तथा खेलकुद शाखाका प्रमुख बिनित महत ,सबै वडाका वडा अध्यक्ष , सदस्य, बिभिन्न बिद्यालयमा प्रधानध्यापक ,शिक्षक,बिद्यार्थी , गाउँपालिका स्थित सबै शाखाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।तेस्रो रनिङ सिल प्रतियोगितामा केहि खेलहरु भईसकेका छन भने भलिबल खेलको उदघाटन भई भोली बिहान बाट सुरु हुने आयोजक उमाकुण्ड गाउँपालिकाले जनाएको छ ।
उदघाटन कार्यक्रममा उमाकुण्ड गाउँपालिका भित्र रहेका बिभिन्न समुदाय तामाङ,सुनुवार लगायतले आ-आफ्नो झाँकी समेत प्रस्तुत गरेका थिए भने बिभिन्न बिद्यालयले नृत्य प्रस्तुत गरेका थिए ।
Discussion about this post