ललितपुरमा गाडीको ठक्करबाट रामेछापका पुरीको मृत्यु

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापका एक पुरुषको गाडीको ठक्करबाट मृत्यु भएको छ । मृत्युु हुनेमा मन्थली नगरपालिका–५ सुनारपानी घर भई हाल ललितपुर सानेपा बस्ने ४७ वर्षीय रामकुमार पुरीको शुक्रबार राति मृत्यु भएको हो ।

पैदलयात्री हिडि रहेका पुरीलाई ललितपुर महानगरपालिका–४ सानेपा पट्टीपा चोकमा हाल अल्फावेट नखुलेको गाडिको ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!