रामेछापका भण्डारीले ७ वर्षीया छोरीको घाँटीरेटी हत्या गरी बुवाले गरे आत्महत्या

रामेछाप । रामेछापका एक पुरुषले छोरीको हत्या गरी बुवाले आत्महत्या गरेका छन् । काठमाडौको पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा डेरा गरी बस्दै आएका रामेछाप खाँडादेवी गाउँपालिका ४२ वर्षीय किशोर भण्डारीले आफ्नै छोरीको हत्यापछि आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार भण्डारीको श्रीमती र ६ महिने छोरा पनि रहेका छन् । श्रीमती र छोरालाई भण्डारीले शनिबार बिहानै आफन्तको घरमा पठाएका थिए ।

प्रहरीका अनुसार कोठाभित्रै उनले पहिला छोरीको हत्या गरेर पछि आफूले शौचालयमा पासो लगाएर आत्महत्या गरेको देखिएको बताएको छ

घटनाको खबर पाएपछि जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्की लगायतको टोली , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र फोरेन्सिक चिकित्सक गोपाल चौधरीसहितको टोली पुगेको थियो । अहिले मुचुल्काको काम भइरहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार ती बालिका ‘ फरक क्षमता’की थिइन् । बालिकाको हत्या गरी बुवाले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

 

 

 

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading