पुष्कर खड्का
रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं १ दुरागाउँ स्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयको हीरक महोत्सव मनाउनको लागि स्थानीय समाजसेवी तथा सफल व्यावसायिक बुद्धि बहादुर कार्कीले ४ लाख सहयोग गरेका छन् ।
यहीँ फागुन ५ गतेदेखि ११ गतेसम्म हुने हिरक महोत्सव कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउनको लागि लिखु तामाकोसी गाउँपालिका वडा नं -१ खापिङ् ( हाल ललितपुर निवासी बुद्धि बहादुर कार्की तथा छोराहरु (पूर्व विद्यार्थी) कर्ण बहादुर कार्की, दिपक कुमार कार्की, राम काजी कार्की र लक्ष्मण कार्की स- परिवारबाट एक मुष्ट आर्थिक सहयोग रु.४ लाख सहयोग गरेको र साथै हाल सम्म ६२ जना सहयोगी दाता र गाउँपालिक तथा वडा कार्यालयबाट गरी १२ लाख १३ हजार रकम संकलन भएको पनि हीरक महोत्सव आर्थिक व्यवस्थापन तथा परिचालन समितिको संयोजक निङ्मर तामाङले जानकारी दिनु भयो ।
उहाँको जानकारी अनुसार विद्यालय स्थापनाको ६० वर्ष पुगेको अवसर पारेर विद्यालयले विभिन्न कार्यक्रम गरी हीरक महोत्सव मनाउन लागेको संयोजक तामाङले बताउनु भयो । महोत्सवमा हुने कार्यक्रमहरु गाउँपालिका स्तरीय अन्तर मा.वि. छात्र भलिबल प्रतियोगिता , गाउँपालिका स्तरीय अन्तर मा.वि. हाजिरी जवाफ प्रतियोगिता गिता , वडा स्तरीय कक्षा ६-८ हाजिरी जवाफ प्रि वडा स्तरीय कक्षा १-५ हाजिरी जवाफ प्रतियोगिता,अभिभावक खेल प्रतियोगिता लगायतका कार्यक्रमहरू आयोजना हुने छन् ।
साथै अन्य कार्यक्रमहरूमा विद्यालयलाई योगदान दिने व्यक्तिहरुको सम्मान कार्यक्रम , सम्मानित पुर्व विद्यार्थीहरुलाई सम्मान कार्यक्रम , विद्यालय स्मारिका प्रकाशन , हीरक जयन्ति स्मारक निर्माण , स्वागतद्वार निर्माणलगायत रहेका छन् ।
‘सर्वसुलभ गुणस्तरीय शिक्षा , त्रिपुरेश्वर मा.वि. को प्रतिवद्धता श्री त्रिपुरेश्वर माध्यमिक विद्यालय हीरक महोत्सव सफल पारौँ’ भन्ने नाराका साथ सम्पन्न हुन गइरहेको महोत्सवमा ख्यातिप्राप्त कलाकारहरू द्वारा साँस्कृतिक कार्यक्रम स्थानीय जातजातीको साँस्कृतिक झाँकी प्रदर्शन लगायतका कार्यक्रमहरू हुने बिद्यालयले जानकारी दिएको छ।
यो पनि पढ्नु होस् : त्रिपुरेश्वर माविले ६० वर्ष पूरा गरेको उपलक्ष्यमा हिरक महोत्सव मनाउँदै , यस्ता छन् आकर्षन
Discussion about this post