काठमाडौं । सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा दिएको निवेदनमाथि आज सुनुवाइ हुने भएको छ ।
लामिछाने विरुद्धको मुद्दा न्यायाधीश हरि प्रसाद फुयालको इजलासमा परेको छ । लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै महान्यायाधिवक्ताको कार्यालयले माघ १७ मा सर्वोच्च अदालतमा निवेदन दिएको थियो । जबरजस्ती करणीको मुद्दा खेपेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न २८ पुसमा उच्च अदालत पाटनले आदेश दिएको थियो ।
सो आदेश अनुसार २९ पुसमा रिहा भएका लामिछानेलाई क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गरिसकेको छ । त्यस्तै, पीडितको अवस्था र परिस्थितिलाई समेत उच्च अदालतले नजर अन्दाज गरेको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।
Discussion about this post