रामेछापको चिसापानी र सिक्रालमा निःशुल्क स्वास्थ्य शिविर

रामेछाप अनलाइन रेडियो

काठमाडौँ । रामेछापको मन्थली नगरपालिकाले नागरिकलाई गाउँमा नै स्वास्थ्य सेवा दिन गाउँ गाउँमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले नगरपालिकाका सबै १४ वटै वडामा ल्याब सहितको स्वास्थ्य सेवा सञ्चालन गर्ने योजना बनाएर विभिन्न वडामा सेवा सञ्चालन गरिरहेको छ ।

खास गरी सदरमुकाम मन्थलीसम्म जाँच गराउन आउन नसक्ने नागरिकलाई लक्षित गरी सो सेवा सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले जानकारी दिनुभयो ।

सोही क्रममा मन्थली नगरपालिका–८ चिसापानीमा ल्याब परीक्षण सहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा रगत, खकार तथा पिसाबको ल्याब परीक्षणका साथै सबै खालका बिरामीको प्राथमिक जाँच र निःशुल्क औषधि वितरण गरिएको थियो ।

सो शिविरमा १ सय ९१ जनाले सेवा लिएका प्रमुख फुयाँलले जानकारी दिनुभयो । यसै गरी मन्थली नगरपालिका–१२ सिक्रालमा आयोजना गरिएको शिविरमा १ सय १४ जनाले सेवा लिएको उहाँले जानकारी दिनुभयो । सनराइज खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!