दोलखाको कालिञ्चोक गाउँपालिकामा भीषण आगलागी , ९ घर जलेर नष्ट

रामेछाप अनलाइन रेडियो

रामेछाप । दोलखाको कालिञ्चोक गाउँपालिकामा भीषण आगलागी भएको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा गएराति ११ बजेदेखि आगाली हुँदा बजार क्षेत्रका ९ वटा घर जलेर पुर्ण रुपमा नष्ट भएको छ ।

आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेढाई, दुर्गा दहाल, चित्र प्रसाद सेढाई, स्वस्तानी खड्का, शंकर ओली, पुस्कर ओली, रुद्र बहादुर ओली, गोपिलाल थामी, राम बहादुर थामीको घर जलेर पुर्ण रुपमा नष्ट भएको कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज ओलीले जानकारी दिनुभयो ।

उहाँको जानकारी अनुसार प्रहरी, स्थानीय र दमकलको टोलीले आगो निभाउने प्रयास गरिरहेको र आगलागीबाट करोडौंको क्षति भएको छ भने धेरै पशुचौपाया पनि मरेका छन् । आगलागीको एकिन कारण खुल्न सकेको छैन ।घटनाको विस्तृत विवरण आउन बाँकी रहेको अधिकृत ओलीले बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!