प्रेम प्रसादको आत्मदाह १२ क्षेत्र र व्यक्तिमाथि अनुसन्धान गर्नुपर्ने प्रहरीको निष्कर्ष

रामेछाप अनलाइन रेडियो

काठमाडौ । प्रेम प्रसाद आचार्यले आफैँलाई पेट्रोल छर्केर आत्मदाह गरेको घटनामा प्रहरीले मृतकले उठाएको विषयमा अनुसन्धान गरिरहेको छ।

आत्मदाह अघि आचार्यले पोष्ट गरेको लामो फेसबुक स्ट्याटस र उनको पत्नीले दिएको जाहेरीलाई आधार बनाएर जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।

सोमबार अनुसन्धान अधिकृतहरूले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग बयान लिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंमा गएर गुरुङले करिब ३ घण्टा बयान दिएका हुन्।

आचार्यले उधारोमा समान लिएर भाटभटेनिले लामो समय पैसा नदिने र सो रकम घुमाएर आफैँले नाफा कमाउने गरेको आरोप लगाएका थिए। मृतकले फेसबुक स्ट्याटसमा भाटभटेनिले आफ्नो उत्पादनको पैसा नदिएको उल्लेख गरेका छन्।

भाटभटेनी सुपर मार्केट जस्तै १२ प्रकारका क्षेत्र र व्यक्तिहरूमाथि अनुसन्धान गर्नुपर्ने प्रहरीको निष्कर्ष छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान बहादुर कार्कीले १२ प्रकारका क्षेत्र र व्यक्तिहरूबारे अनुसन्धान भइरहेको बताए।

अनुसन्धान पुरा भएपछि सरकारी वकिल कार्यालयसँग राय लिएर मुद्दा अघि बढाउने जानकारी दिए। उनले भने,‘अनुसन्धान पुरा गरेपछि सरकारी वकिलसँग राय लिन्छौं।’प्रहरीले व्यवसायी उपेन्द्र महतोसँग पनि बयान लिएको छ ।

आचार्यले उपेन्द्र महतो र डा समता प्रसादले चलाएको नेपाल गाग्रोध्योग कम्पनीलाई आफूले बेचेको घ्यूको पैसा नदिएको आरोप लगाएका थिए । गाडी विक्रेता कम्पनी सुजुकीको सिइओ र नक्सालस्थित शान इन्टरनेशल कलेजका अध्यक्ष सुवास आचार्यसँग प्रहरीले बयान लिएको छ।

भाटभटेनीका सञ्चालकले आफूलाई लगाएको आरोपबारे अभिलेखले देखाउने बताएका छन् । अनुसन्धान अधिकृतसँग गुरुङले भनेका छन्,‘मेरो कम्पनीले पैसा दिएको वा नदिएको कुरा कारोबारको विवरणले देखाउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!