जाडो घट्यो तापक्रम बढ्न सुरु भयो, जल तथा मौसम विज्ञान विभाग

काठमाडौ । तापक्रम बढ्नेक्रम सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अब तापक्रम क्रमशः बढ्दै जानेछ । तापक्रम बढ्दै जाँदा चिसो घट्दै जानेछ ।

आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर २२ डिग्री सेल्सियस देखि २४ डिग्री सेल्सियसम्म पुग्ने मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए ।

“काठमाडौंमा हिजो बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस थियो । यो अब बढ्दै जानेक्रममा रहेको छ,” मौसमविद् अधिकार भन्छन्, “हिजोको भन्दा आजको तापक्रम कम भए पनि ट्रेन्ड हेर्दा अब चिसो घट्दै जाने देखिन्छ ।

आकाश खुला भएकाले कुनै दिन अघिल्लो दिनको तुलनामा चिसो भए पनि समग्रमा तापक्रम अब बढ्दै जाने देखिन्छ ।”

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading