पत्रकारको चरित्र हत्या गर्ने युवक पक्राउ

रामेछाप अनलाइन रेडियो

काठमाडौ । पत्रकारको चरित्र हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ मालमका सुरत चमोलीलाई प्रहरीले पक्राउ गरेको हो। उनले सामाजिक सञ्जालमार्फत पत्रकारको चरित्र हत्या गरेको आरोप लागेको छ।

उनले लामोसमयदेखि जथाभावी सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै आएका आरोप लागेको छ। पत्रकार महासंघ डडेल्धुराको निवेदनका आधारमा नलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता, प्रहरी निरिक्षक उमाकान्त जोशीले बताए।

जोशीका अनुसार युवक प्रहरीको हिरासतमा छन्। बुधवार पत्रकार महासंघ, डडेल्धुरा र चमोली तथा उनका पक्षहरु बिचमा छलफल हुने छ।

पत्रकारको आत्मसम्मानमा ठेस पुग्ने र मानहानी हुने किसिमले उनले पटक–पटक स्टाटस लेख्ने गरेका छन्। जिल्लाका पत्रकारलाई असुरक्षित बनाउने कार्य निरन्तर गर्दै आएकाले उनलाई कानूनी कारबाहीको मागसहित महासंघले जिल्ला प्रहरीमा निवेदन दिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!