रामेछापमा ट्रकले स्कुटर ठक्कर दिँदा दिदी भाइ घाइते, भाइलाई काठमाडौँ लगियो

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापमा ट्रकले ठक्कर दिदा २ जना घाइते भएका छन् । बा ५ ख ४६४१ ट्रकले मंगलबार बिहान मन्थली स्थित कटहरकोबोट मुनि तिन तले होटेल अगाडि बागमती प्रदेश ०२–०२३ प ३६५७ नम्बरको स्कुटर लाई ठक्कर दिदा स्कुटरमा स्वार मन्थली नगरपालिका वडा नं २ टेकानपुर घर भएका तारा श्रेष्ठ र जनक श्रेष्ठ घाइते भएका छन् ।

एकै दिसाबाट आउँदै गरेका र ट्रकलाई ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिएको हो । ट्रकको ठक्करबाट घाइते भएका जनक श्रेष्ठको दाहिने हात भाँचिएको छ । उनको उद्धार गरी उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिनु भयो ।

उहाँको जानकारी अनुसार घाइते भएकी तारा श्रेष्ठलाई सामान्य चोट लागेको र उनको मन्थली स्थित तामाकोसी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!