त्रिपुरेश्वर माविले ६० वर्ष पूरा गरेको उपलक्ष्यमा हिरक महोत्सव मनाउँदै , यस्ता छन् आकर्षन

© पुष्कर खड्का 
रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं १ दुरागाउँ स्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयले हीरक महोत्सव मनाउने भएको छ ।

स्थापनाको ६० वर्ष पुगेको अवसर पारेर विद्यालयले फागुन ५ गतेदेखि ११ गतेसम्म विभिन्न कार्यक्रम गरी हीरक महोत्सव मनाउन लागेको आर्थिक व्यवस्थापन तथा परिचालन समितिको संयोजक निङ्मर तामाङले जानकारी दिनु भयो ।

उहाँको जानकारी अनुसार महोत्सवका अवसरमा विद्यालयले विभिन्न कार्यक्रमहरूको आयोजना गर्दैछ ।गाउँपालिका स्तरीय अन्तर मा.वि. छात्र भलिबल प्रतियोगिता , गाउँपालिका स्तरीय अन्तर मा.वि. हाजिरी जवाफ प्रतियो गिता , वडा स्तरीय कक्षा ६ देखि ८ सम्म हाजिरी जवाफ प्रि वडा स्तरीय कक्षा १ देखि ५ सम्म हाजिरी जवाफ प्रतियोगिता,अभिभावक खेल प्रतियोगिता लगायतका कार्यक्रमहरू आयोजना हुने विद्यालयले रामेछाप दैनिक अनलाइन मिडीयालाई जानकारी दिएको छ ।

अन्य कार्यक्रमहरूमा विद्यालयलाई योगदान दिने व्यक्तिहरुको सम्मान कार्यक्रम , सम्मानित पुर्व विद्यार्थीहरुलाई सम्मान कार्यक्रम , विद्यालय स्मारिका प्रकाशन , हीरक जयन्ति स्मारक निर्माण , स्वागतद्वार निर्माणलगायत रहेका छन् ।

‘सर्वसुलभ गुणस्तरीय शिक्षा , त्रिपुरेश्वर मा.वि. को प्रतिवद्धता श्री त्रिपुरेश्वर माध्यमिक विद्यालय हीरक महोत्सव सफल पारौँ’ भन्ने नाराका साथ सम्पन्न हुन गइरहेको महोत्सवमा ख्यातिप्राप्त कलाकारहरू द्वारा साँस्कृतिक कार्यक्रम स्थानीय जातजातीको साँस्कृतिक झाँकी प्रदर्शन लगायतका कार्यक्रमहरू हुने त्रिपुरेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक जयप्रसाद तिमल्सिनाले बताउनु भयो । उहाँको जानकारी अनुसार महोत्सव कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउनको लागि पूर्व विद्यार्थी,पूर्व शिक्षक,समाजसेवी लगायत सरोकारवाला दाताहरुले आर्थिक सहयोग गरेको जानकारी दिनु भयो ।


आयोजकले सहयोग गर्नेको नाम विद्यालयको स्मारिकादेखि स्वर्णपत्रमा लेखी स्मारकमा राखिने जनाएको छ । ५ सय देखि १ हजार भन्दा माथि सहयोग गर्नेको नाम विद्यालयको स्मारिकामा लेखिने, ५ हजारभन्दा बढी सहयोग गर्ने सहयोग दाताको नाम स्वर्णपत्रमा लेखी स्मारकमा राखिने , २० हजार भन्दा माथि सहयोग गर्ने दाताको नाम कार्यक्रम अवधिभर होडिङ बोर्डमा फोटो सहित प्रचार प्रसार गरिने साथै स्वर्णपत्रमा लेखी स्मारकामा समेत राखिने छ ।

त्यसैगरी ५० हजार भन्दा माथि सहयोग गर्ने सहयोग दाताको नाम स्वर्णपत्रमा लेखी स्मारकमा रङ्गीन फोटो सहित प्रकाशन गरी कार्यक्रम अवधिभर होडिङ बोर्डमा फोटो सहित प्रचार प्रसार गरिने र स्मारिकामा प्रोफाइल सहित रङ्गीन फोटो प्रकाशन गरिने , १ लाख माथि सहयोग गर्ने सहयोग दाताको नाम स्वर्णपत्रमा लेखी स्मारकमा राखी कार्यक्रम अवधिभर होडिङ बोर्डमा ठूलो फोटो सहित प्रचार प्रसार गरिने , स्थानीय रेडियोमा कार्यक्रम अवधिभर प्रचार प्रसार गरिने र स्मारिकामा प्रोफाइल सहित राहीन फोटो प्रकाशन गरिने आयोजकले जनाएको छ । विद्यालय विसं २०१६ सालमा स्थापना भएको हो ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading