पोखरामा हिजो आगोले जलेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

रामेछाप अनलाइन रेडियो

काठमाडौ । पोखरामा आइतबार आगोले जलेकी पोखरा महानगरपालिका(१३ काँहुखोलाकी संगीता सापकोटाको निधन भएको छ ।

आइतबार बिहान सापकोटा र उनको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्री आगोले जलेर घाइते भएका थिए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा सोमबार उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक (डिएसपी) सुभाष तिमिल्सिनाले बताए । घाइते पुरुषको भने उपचार भइरहेको तिमिल्सिनाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!