रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन पुगे

रामेछाप अनलाइन रेडियो

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् ।

उनका समर्थक पनि जिल्ला प्रशासन कार्यालय पुगेका छन् । जसका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भीड छ ।

सर्वोच्च अदालतले शुक्रबार अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै लामिछानेले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने फैसला सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!