माघ १५ गते आइतबार लिखु तामाकोशी गाउँपालिकाको सबै सेवा बन्द

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका १५ गते आइतबार बन्द हुने भएको छ । पालिकाले गत शुक्रवार एक सूचना जारी गर्दै आइतबार पालिकाको दसौँ गाउँ सभा तथा हिउँदे अधिवेशन गर्न लागेकाले सेवा प्रवाह बन्द गरिएको जानकारी दिएको हो ।

पालिकासँगै मातहतका वडा कार्यालय पनि बन्द हुने छन् । ‘माघ १५ गते आइतबारका दिन बिहान ११ बजे गाउँ सभा आह्वान गरिएको हुँदा उक्त दिन यस गाउँपालिका र अन्तर्गतका वडा कार्यालयहरूबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीले जारी सूचनामा उल्लेख छ ।’

सूचना हेर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!