भक्तपुरमा सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम फुटाउन खोज्ने एकजना पक्राउ

रामेछाप अनलाइन रेडियो

काठमाडौ । भक्तपुरमा एटीएम फोेरेर पैसा झिक्न खोज्ने एकजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ ठकुरी गाउँं झौखेलका वर्ष ३४ का राजन मल्ल पक्राउ परेका हुन् ।

भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक स्थित सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम फुटाउन कोसिस गरेको आरोपमा मल्ललाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीले बताए ।

प्रमुख केसीका अनुसार मल्लले माघ ११ गते बुधबार राति नौ बजे एटीएमभित्र प्रवेश गरी मेशिन फुटाउन खोजेको र ९ बजेर २५ मिनेटमा असफल भई छाडी आएको देखिएकोले मल्ललाई पक्राउ गरेको प्रमुख केसीले बताउनु भयो ।

हाल मुक्तिनाथ विकास बैंकको गार्ड उनी सेक्युरिटी गार्ड गोर्खा योद्धा धुम्बाराहीका रहेको जनाइएको छ । उनी २०६१ सालमा भर्ना भएका सशस्त्र प्रहरीको पूर्व कर्मचारीसमेत रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!