भीम र निरा छन्त्यालको त्यो अन्तिम दोहोरी, जसले गीतमै नछुटिने कसम खाएका थिए (भिडियो सहित)

काठमाडौं । भीम र निरा छन्त्यालको त्यो अन्तिम दोहोरी, लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । दर्जनौं गीत गाएका भिमको गएराती निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

उनको स्यांग्जास्थित आफ्नै घरमा निधन भएको हो । पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि बिरामी थिए । गायक भीम पौडेल र पोखरा जहाज दुर्घटनामा ज्यान गुमाएकी गायिका निरा छन्त्यालले गीत गाएका छन् ।

पछिल्लो दुईमहिना देखी उपचाररत रहेका भिमको शरिरमा रगतको कमि भएको थियो । रगतको कमि भएको भन्दै उपचार गरिरहेको र पछिल्लो समय घरमै आराम गरिरहेको र एक्कासी निधन भएको बताइएको छ ।

उनी निकट गायिका सिर्जु अधिकारीले केहिदिन अघि भिमसँग कुरागर्दा हिडडुल गर्न गाह्रो भइरहेको र रगतको कमिले शरिर सुक्दै गएको भनेका थिए । उनी भन्छिन्, ‘मैले इन्द्रेणीमा कहिले जाने भनेको थिएँ । त्यो बेलामा बिरामी छु भन्नुभएको थियो ।’

भिमको साइलो भिनाजु राजन खत्रीकाले पछिल्लो दुईमहिना यता भिमको शरिरमा परिवर्तन आइरहेको थियो । उनले राम्रो सँग नखाने, एकोहोरो हुने जस्ता कुराले परिवार चिन्तामा थियो ।

भिमको कास्की पोखराको रामघाटमा आजै दिउँसो दाहसंस्कार गरिने बताइएको छ । पोखरामा रहेका सञ्चारकर्मि कमल सगरकमका अनुसार आजै उनको अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।

उनलाई श्रृद्धान्जली दिनका लागी काठमाडौंका केहि कलाकार पोखरा जाने तयारी गरेका छन् ।
भिडियो तल राखिएको छ हेर्नुहोला ।

https://youtu.be/xwBK8yeyufk

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!