मिडिया नेपालको बाँके जिल्ला अध्यक्ष बताउने आशिष मल्लले पैसाको बार्गेनिङ गरेर स्थानीय व्यसायीहरूलाई दुःख दिएको आरोप

काठमाडौ । सूचना विभाग तथा प्रेस काउन्सिलमा दर्ता नभएको साइट संचालन गरेर बाँकेमा आफूलाई पत्रकार तथा मिडिया नेपालको बाँके जिल्ला अध्यक्ष बताउने आशिष मल्ल ठकुरीले स्थानीय तथा साना व्यसायीहरूलाई पैसाको बार्गेनिङ गरेर दुःख दिएको आरोप लागेको छ ।

मिडिया नेपालका केन्द्रीय अध्यक्ष गोपाल पौडेललेको भनाइ अनुसार आशिष मल्ल बाँके जिल्लामा कुनै पनि पदमा नरहेको बताएका छन् । यस्ता घटनाले संगठन पनि बद्नाम गर्ने भएकाले यसबारे जिल्लास्तरका नेताहरूसँग बुझ्ने पौडेलले बताएका छन् । यता, राप्रपाका सांसद धवलशम्शेर राणाले मल्ललाई आफूले चिने पनि उ आफ्नो संगठनको मान्छे नभएको बताएका छन् ।

मल्लले सूचना विभागको दर्तामा हेर्दा उनले उल्लेख गरेको एबीपी क्राइम न्युजको दर्ता भए पनि दोस्रो नाम  हाम्रो मिडिया नेपालको साइट सम्बन्धि निकायमा दर्ता हेर्दा नरेको  खुलेको छ । मल्लले एबीपी क्राइम न्युजको आइडी कार्ड प्रयोग गरेर आफूलाई पत्रकार भन्दै सर्वसाधारणलाई ठगी गर्दा नेपालगञ्जका पत्रकारहरूलाई पनि समस्या पर्ने गरेको स्थानीय पत्रकारहरूले रामेछाप दैनिकलाई जानकारी दिएका छन् ।

स्थानीय पत्रकारले दिएको जानकारी अनुसार मल्लले एबीपी क्रामइ न्युज नामको साइट सञ्चालन गरेर गलत धन्दा गरेपछि केही समय पहिला पनि प्रहरी हिरासतमा पुगेका थिए । मध्यपश्चिम पानी उद्योगका प्रोप्राइटर उदीतबाबुको भनाइ अनुसार बाँकेबाट प्रतिनिधि सभामा निर्वाचित राप्रपाका सांसद धवलशम्शेर राणासँग नजिक भएको भन्दै डरधाक दिएर मल्लले असुली गर्ने गरेको उनले बताएका छन् ।

उहाँको जानकारी अनुसार पत्रकारको काम समाचार लेख्ने हो । पैसाको वार्गेनिङ गर्ने होइन । पत्रकारिताको मूल्य मान्यताविपरित उनले मल्ल आफैले कुनै सूचना प्राप्त गरे भने टिमसहित पुग्ने गरेको र त्यहाँ उनले पैसाको बार्गेनिङ गरेर असुल्ने गरेको भन्दै केही समय पहिला नेपाल पत्रकार महासंघ बाँकेले पनि विज्ञप्ति मार्फत उनको कर्तुतको भण्डाफोर गरेको थियो ।

उद्योगले उत्पादन गरेर बजारमा गइसकेको पानीमा केही दिनअघि कालो पदार्थ (लेउ) देखिएको थियो । सोही बोतल लिएर मल्ल पानी उद्योगमा पुगेर भिडियो बनाइ बार्गेनिङ गरेको पीडित रेग्मीले बताएका छन् ।

रेग्मीले भने, ‘केही समय पहिलाको घटना हो, सुरुमा आएर भिडियो खिचे, पछि तपाईंहरूको भिडियो मेटाइदिन्छौं, वार्षिक २ लाख रुपियाँ दिनुस् भनेर भन्नुभयो ।’ आफूसँगै गएपनि पैसाको बार्गेनिङ गर्न मल्लले आफ्ना कर्मचारीलाई लगाउने गरेका छन् ।

सोमबार नेपालगञ्जको रोयल क्याफेमा रेग्मीलाई बोलाएर मल्ल र उनका सहयोगीले दाइ मिल्न पर्छ, म हजुरलाई विज्ञापनको प्लान पठाउँछु, त्यसै अनुसार गर्नुभयो भने भिडियो डिलिट गर्छु तपाईले वर्षको २ लाख रुपियाँ दिनुपर्छ भनेको रेग्मीले बताएका छन् ।

उद्योग सञ्चालक रेग्मीले विज्ञापन गर्न सकिँदैन, अहिले पानीको सिजन पनि होइन, भनेर जवाफ दिएपछि मंगलबार उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए । भिडियोमा पानी उद्योगका सञ्चालक रेग्मीले मानवीय त्रुटिका कारण गल्ती भएको स्वीकार गर्दै कानूनी प्रक्रियाअनुसार जाने जवाफ पनि दिएका छन् ।

उद्योग सञ्चालक रेग्मीले विज्ञापन गर्न सकिँदैन, अहिले पानीको सिजन पनि होइन, भनेर जवाफ दिएपछि मंगलबार उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए । भिडियोमा पानी उद्योगका सञ्चालक रेग्मीले मानवीय त्रुटिका कारण गल्ती भएको स्वीकार गर्दै कानूनी प्रक्रियाअनुसार जाने जवाफ पनि दिएका छन् ।

नेपालगञ्जबाट बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीसहितको टोली पुगेर अनुगमन गरेको छ । अनुगमनका क्रममा केही कुराहरू सुधार गर्नका लागि निर्देशन दिएको र निर्देशन पालना भएपछि उद्योगले उत्पादन सुरु गर्ने रेग्मीले जानकारी दिएका छन् ।

रेग्मीले आफू कानून पालनाका सवालमा प्रष्ट रहेको बताउँदै कानूनअनुसार हुने कारबाही भोग्न पनि तयार रहेको बताएका छन् ।काम गर्दा कहिलेकाहिँ गल्ती हुने रेग्मीले स्वीकार गरेका छन् । पत्रकारितको नाममा यसरी गुण्डागर्दी गर्नेहरूलाई सरकारी निकायले पनि कानूनी दायरामा ल्याउनका लागि माग गरेका छन् । पत्रकार भन्दै ठगी गर्ने मल्ल प्रहरीसँग पैसा बार्गेनिङ गरेको अभियोगमा पक्राउ परिसकेका हुन् भने उनका यस्ता कर्तुतबारे बाँके प्रहरी पनि राम्रोसँग जानकार रहेको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading