बैंकको ऋण तिर्न नसकेर विराटनगरका एक व्यवसायीले गरे आत्महत्या

काठमाडौ । विराटनगरका एक व्यवसायीले आत्मह’त्या गरेका छन् । विराटनगर महानगरपालिका ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेले बैंकको ऋण तिर्न नसकेर आफूले आत्मह’त्या गरेको ‘सुसाइड नोट’मा उल्लेख गरेका छन् ।

बुधबार विराटनगर शनीमन्दिर रोडमा शिखर इलेक्ट्रिक पसल सञ्चालन गर्ने न्यौपानेलाई आफ्नै घरको वाथरुममा झु’ण्डिएको अवस्थामा फे’ला पारेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार तीन पन्नाको ‘सुसाइड नोट’मा बुबाआमासहित परिवारलाई सम्बोधन गर्दै बैंक र सहकारीबाट लिएको ऋण तिर्न नसक्ने अवस्थाका कारण आफूले म’र्नु परेको उल्लेख गरेका छन् ।

सुसाइड नोटमा सांग्रिला बैंकबाट १ करोड ४५ लाख रुपैयाँको ऋण लिएको र एक सहकारीबाट १० लाख ऋण लिएको उल्लेख गरिएको छ ।  न्यौपाने मोरङ व्यापार संघका कार्यकारिणी सदस्य, मोरङ इलेक्ट्रिक संघका पूर्वअध्यक्ष तथा पतञ्जी योग समिति मोरङका उपाध्यक्षसमेत थिए ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading