चर्चित लाईभ दोहोरीका गायक भीम पौडेलको निधन

रामेछाप अनलाइन रेडियो

काठमाडौ । चर्चित लाईभ दोहोरीका गायक भीम पौडेलको निधन  भएको छ । स्याङजा खुदी घर भएका उनी लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए ।

पौडेल चर्चित लाेकदाेहाेरी कार्यक्रम इन्द्रेणीमार्फत चर्चाकाे शिखरमा पुगेका गायक पाैडेलकाे बिहीबार राति करिब ११:२० मा निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ।

पारिवारिक स्राेतका अनुसार गायक पाैडेल केही समययता डिप्रेशनमा थिए। यद्यपि, उनकाे मृत्युकाे कारण भने खुल्न बाँकी रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले बताएका छन् ।

उनी केही समयदेखि विरामी रहेको उनको घरमै निधन भएको हो । “लामो समयदेखि उनी लोकदोहोरी गायनमा सक्रिय थिए । दोहोरी प्रतियोगिताबाट गायनमा प्रवेश गरेका भाइ हुन्,” लोक अध्यक्ष विजी भन्छन्, “उसले प्रतिस्पर्धा गरेका थुप्रै प्रतियोगितामा म नै निर्णाय थिएँ । राम्रो प्रतिभा भएको मान्छे हो ।”

पछिल्लो समय उनी लाइभ दोहोरीमा लोकप्रिय थिए । रमेश भीमको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षेति बेहोरेको बताउँछन् । “भीम शालिन स्वभावको प्रतिभावान गायक हुन् । उनको निधन समग्र लोक दोहोरी क्षेत्रकै लागि अपुरणीय क्षति हो,” उनले भने ।

गायक पाैडेलकाे शव आज बिहान ११ बजे कास्कीकाे रामघाटमा ल्याइ लाेकदाेहाेरी क्षेत्रका व्यक्ति तथा उनका शुभचिन्तकले श्रद्धाञ्जली दिएपश्चात् दाहसंस्कार गरिने तयारी रहेकाे बताइएकाे छ।

माघ १ गते पाेखरामा भएकाे यतिकाे जहाज दुर्घटनामा परी निधन भएकी गायिका निरा छन्त्यालकाे निधनपछि फेरि अर्काे गायक गुमाउनु परेकाेमा इन्द्रेणीका कृष्ण कँडेलले दु:ख व्यक्त गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!