सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम जारी

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ।

गत मंगलबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ पुगेको थियो। उक्त रेकर्डलाई पनि पार गर्दै आज सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ९०० सय रुपैयाँ पुगेको छ।

बुधबार तोलामा एक सय रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख छ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार सात रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!